नेपाल एयरलाईन्स व्यस्थापनको कम्जोरीले काठमाडौं-नारिता उडान फेरी अन्यौल

शान्त पहरी,जापान । सरकारको स्वामित्वमा रहेको राष्ट्रीय ध्वजाबहाक नेपाल एयरलाइन्सको काठमाडौं-नारिता सिधा उडानले फेरी अन्यौल थपेको छ ।

नेपाल वायु सेवा निगमले फागुन १९ गते अर्थात २ मार्च २०२० देखि जापानको नारितामा एयरबसको ए ३३० वाइडबडी जहाजबाट उडान सुरु गर्ने भनिए पनि फेरी अन्यौल बढेको हो ।

आगामी मार्चदेखि काठमाडौं नारिता सिधा हवाई सेवा सम्पर्क हुने भनिए पनि टोकियोमा निगमको आधिकारिक सम्पर्क कार्यालय,नम्वर र यात्रु चेकिन स्टिम जडान गर्न नसक्दा नारितामा वाइडबडी जहाजबाट उडान अनिश्चित बनेको हो । जापानमा कंट्री म्यानेजर गिताकुमारी चन्द शाह नाम रहे पनि उहाँको निस्क्रियताले जापानवासी नेपालीले नेपाल एयरलाईन्स चढ्ने सपना पूरा नहुने हो कि भन्ने आशंका गर्न थालेका छन् ।

यद्यपि काठमाडौंबाट नारिता उडान स्थगित हुनुको कारण अहिलेसम्म स्पष्ट गरिएको छैन तर जापान एयरलाइन्स प्राधिकरणले मार्च २ मैं स्वीकृति गरिए पनि नयाँ कोरोनाभाइरस संक्रमण प्रभावको कारण हुन सक्ने जापानी एक अनलाईन साईटले समचार प्रकाशित गरेको छ । उक्त समाचारको अनुसार मार्च २ मा स्वीकृति पाए पनि नयाँ कोरोनाभाइरस संक्रमण प्रभाव लगाएतको कारण देखाएर मार्च ३० को सेडुल हुने जनाएको छ ।

नेपाल एयरलाईन्सले म्यान्नौल स्टिमले भएपनि जहाज उडाएर छोडने

चौतर्फी दवावमा रहेको नेपाल एयरलाईन्स ब्यवस्थापनले प्यासिन्जर चेकिन स्टिम जडान गर्न नसके पनि म्यान्नौल स्टिमले भएपनि जहाज उडाएर छोडने जनाएको छ ।

निगमले तोकेकै समयमा नारिता उडान गर्ने बताए पनि अहिले आएर ओसाकाको सम्पर्क नम्वरसमेत नहुँदा सेवाग्राहीहरु मर्कामा परेको जापानमैं ट्राभल ब्यवसायी गर्दै आउनु भएका शिव तन्डुकारले बताउनु भयो । सरकारले पर्यटन वर्ष २०२० घोषणा गरिरहदा नेपाल वायु सेवा निगम ब्यवस्थापन कम्जोरीले र लापार्वाहीले सरकारको योजनालाई तुहाउने आकलन गर्न सकिन्छ । नेपाल एयरलाईन्सको आधिकारीक होम पेजमा जापानको सम्पर्क नम्वर बारे अहिलेसम्म जानकारी नहुँदा अन्यौलता भने कायमै छ । नेपाल एयरलाईन्सको होम पेजमा मेल गर्दा भने रिप्लाई नहुने गरेको बताएको छ ।

नारिता विमानस्थलमा सिधा उडानको दुई महिनाअघि अनुमति

नेपाल वायुसेवा निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको दुई महिनाअघि अनुमति पाएको थियो । ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको भएको थियो ।

निगमले गत डिसेम्वर महिनामा जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) अन्तर्गतकै ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको थियो । यस अघि पनि निगमले जनवरी महिना अर्थात पुसको दोस्रो सातादेखि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानको आन्तरिक तयारी पूरा गरेको जनाइएको थियो  ।

कोरोना भाईरसले चीनको क्वाङचाउको उडान तोकेको समयमा नहुने

काठमाडौंबाट चीनको क्वाङचाउ उडान मार्चको दोस्रो सातादेखि शुरू गर्ने तयारी अन्तिम चरणमा भएपनि महामारीको रुपमा फैलिएरहेको कोरोना भाईरसको कारणले क्वाङचाउको उडान भने तत्कालको लागि रोकेको निगम स्रोतले जनाएको छ ।

नेपाल एयरलाइन्सवाट यसरी काठमाडौं नारिता उडान

काठमाडौं-नारिता सीधा उडान हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रवार हुने नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।  काठमाडौंबाट बिहान १:२५ मा जहाज उड्ने छ भने नारितामा स्थानीय समयअनुसार बेलुका ६:२५ मा अवतरण हुने एयरलाइन्सले बताएको छ ।

एयरलाइन्सले काठमाडौं नारिता उडानका लागि प्रबर्द्धनात्मक भाडादर यहिसाता मात्र निर्धारण गरेको थियो  । एयरलाइन्सका अनुसार नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ । विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५-२५ केजी का २ ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३-२३ केजी का २ वटा व्यागेजको सुविधा पाउने एयरलाइन्सले जानकारी दिएको थियो ।

नियमले गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्दै आएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया