काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंका गरिएका एकजना व्यक्ति व्यक्ति जँचाउनुपर्ने भएपछि अस्पतालबाटै फरार भएका छन् ।
सातादेखि फरार ती व्यक्तिको खोजी भइरहे पनि फेला परेका छैनन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जँचाउने क्रममा साउदी अरबका ती नागरिक फरार भएका हुन् ।
स्वास्थ्य जाँचको क्रममा कोरोना भाइरसको आशंकामा निगरानीमा राख्नुपर्ने भएपछि ती व्यक्ति फरार भएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
चीन हुँदै नेपाल आएका ती साउदी अरबका नागरिकलाई सामान्य रुघाखोकी र ज्वरो आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पनि फरार व्यक्तिको खोजी भइरहेको बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया