जापानमा एक नेपाली महिलाको निधन,सोमबार अन्त्यष्टि गरिने

टोकियो । मुटुको शल्यक्रिया सफल हुन नसकेपछि टोकियोमा एक महिलाको निधन भएको छ । बाग्लुङ बुर्तीवाङ घर भइ जापानमा बस्दै आउनु भएकी लालकुमारी चालिसेको उपचारका क्रममा निधन भएको हो ।

रोजगारीको शिलशिलामा टोकियोमा परिवारसंगै बस्दै आउनु भएकी ४२ बर्षिय कुवरको विहिवार असामयिक निधन भएको हो । टोक्योको चोफुस्थित साकाइबारा इन्टिच्युट अस्पतालमा निधन भएको नर बहादुर थापाले जानकारी दिनु भयो । पारिवारिक श्रोतका अनुसार २० बर्ष अधि मुटुको भल्ब फेरिएको थियो । मुटुको समस्या पुन बल्झिएपछि अस्पतालमा भर्ना गरिएको र मुटुको शल्यक्रिया सफल हुन नसकेपछि निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

स्व कुवरको अन्तिम श्रदाञ्जली सहित अन्त्यष्टि सोमबार दिउँसो साडे २ बजे मेगुरो नजिकैको फुदो मायमा गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया