प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई आज सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा प्राप्त उपलब्धी र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठक शनिबार विहान ११ बजे बस्ने छ । यसअघि शुक्रबार हुने भनिएको सम्बोधन राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आजका लागि सरेको थियो । प्रतिनिधि सभाको शुक्रबारको बैठकले राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको थियो । उपाध्याय २०७४ सालको निर्वाचनमा प्रदेश नं ५ बाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

क्यान्सर रोगबाट पीडीत उपाध्यायको उपचारको क्रममा निधन भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया