परियोजना आधारमा ऋण प्रवाह नगरेसम्म उद्यमशिलताको विकास हुन सक्दैन : ढुंगेल

सिन्धुली । युवालाई उद्यमशील र स्वरोजगार बन्न उत्प्रेरीत गर्ने उदेश्यले राष्ट्रिय युवा परिषद्ले फिक्कल गाउँपालीकाको व्यवस्थापनमा सात दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालीम प्रदान गरेको छ ।
प्रमाणप्रत्र वितरण तथा उद्यमशिलता र स्वरोजगार विषयमा आवश्यक परामर्श तथा सहुलियत कर्जाको सहजीकरण कार्यक्रमका प्रमुख अतिथि परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाहरुको वर्तमान अवस्था र युवाहरुको समस्यालाई सम्बोधन गर्ने उदेश्यले नेपाल सरकारले युवा नीति २०७२ र दश वर्षे रणनीतिक योजना युथ भिजन २०२५ र कार्यक्रमको पाँच स्तम्भहरु गुणस्तरीय र व्यवसायीक योजना, रोजगारी, उद्यमशिलता र सिप विकास, स्वास्थय र सामाजीक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास र खेलकुद र मनोरञ्जनमा काम गरिरहेको बताउनु भयो ।
परिषद्को स्थापना समयमा प्रतिवर्ष ५ लाख ३८ हजार युवा विदेशिने गरेकोमा हाल यसको दर घटेर प्रति वर्ष ३ लाख २३ हजारमा घटेको छ। कार्यक्रममा ढुंगेलले नेपाली युवालाई स्वदेशमा नै उद्यमी र स्वरोजगार बनाउने उद्देश्यले एक गाउ एक उद्यम कार्यक्रम ४४७ वटा युवा उद्यम समुहलाई ५ लाखका दरले बिना धितो बिना ब्याज ऋण प्रवाह गरेको, ४७ जना युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा उद्यमका लागि जनही २ लाखका दरले ऋण प्रदान र राष्ट्रपति महिला युवा उद्यम कार्यक्रम ११ वटा जिल्लाका दलित महिला युवाहरुलाई पाँच लाखको दरले लगानी गरेर नमुना मोडेल तयार पारी एकै पटक ठुलो भोलममा युवा लाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषद्को पहलमा नेपाल सरकार अर्थ मन्त्रालयले ले जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि संसोधन २०७६” जारी गरिसकेकाले यसको प्रभाबकारी कार्यन्वनका लागी परिषद्ले अगुवाई गरिरहेको बताउनु भयो साथै हाल सम्म २२ हजार युवाले सहुलियतपूर्ण कर्जा बैङ्कहरु बाट प्राप्त गरेको जानकारी दिनु भयो ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रमको उदेश्य उद्यमी सोच, ईच्छा शक्ती, शुरुवाती पूंजि लगानीका लागी बिना धितो नेपाली युवालाई परियोजना र नेपाली नागरितामा विश्वास गरी बैङ्कलाई कर्जा प्रभाग गर्न आग्रह गर्नु भयो।अधिकार प्राप्तीको लडाई सकिएकाले संविधानमा उलेख्ति समाजवाद ल्याउने दिशामा अघि बढनुको विकल्प नरहेको बताउनु भयो। नेपाल प्रकृतको धनी देश हो, हामिलाई बुद्ध, सगरमाथा, पशुपतिनाथ, रमणीय ताल हिमाल पहाड र तराई प्रकृतिले दिएको छ तर हामीले यस्को प्ररयाप्त उचयmयतष्यल गर्ना न सक्दा चाहे जति आर्थिक लाभ लिन सकेका छैनउ। प्रकृतिले दिएका चिनारी सँगै अब हामी युवाले हाम्रो किस्मतले नेपाललाई विश्वमा चिनाउनु सकिनु पर्ने बताउनु भयो। देशले रुपान्तरणको बाटो पहिलाएको छ। आधार निमार्ण गरेको छ।प्रति बर्ष २ अर्ब को कृषिजन्य बस्तुको आयतलाई विस्तापन गर्न परिषद्ले कृषि उद्यमशिलतामा जोड दिएको छ। देशमा संभव छ, नेपाल हामी बनाउछौ, शुरुवात आजै बाट शुरु गरौ भन्दै उधमी बन्न युवा लाई आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय बाणिंज्य बैङ्कका कार्यकारी अधिकृत किरण श्रेष्ठले समृद्धि राष्ट्र निमार्णका लागी निम्न स्तरका युवाहरुको जिवन स्तर उठाउन सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएकाले यसको प्रभाबकारी कार्यन्वयनमा बाणिंज्य बैङ्कले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो।नेपाल सरकारको नीति तथा कार्यक्रम सफल कार्यन्वयन गर्न बाणिज्य बैङ्क तयार रहेको बताउनु भयो।एक पानाको निवेदनका आधारमा कर्जा प्रर्बाह गर्न न सकिने भन्दै श्रेष्ठले उद्यमिहरुले बैङ्कको ढाँचामा परियोजना छ कि छैन रु, परियोजना ठिक छ कि छैन् रु किर्ता तिर्न सक्छ कि सक्दैनरु नाफा घाटा के हुन्छरु लगानी सुरक्षीत हुन्छ कि हुदैनरु जोखिम के छ भन्ने कुरामा बैङ्कले हेर्ने कारणले गर्दा सोचे जति सहुलियतपूर्ण कर्जा लगानी न भएको स्वकार्नु भयो। कर्जा सुरक्षण प्रिमियर र विमा सरकारले गर्ने व्यबस्था रहेकाले विना धितो १५ लाख सम्म लगानी गर्न बैङ्कलाई समस्या न रहेको श्रेष्ठले बताउनु भयो ।
बाणिंज्य बैङ्कले महिला उद्यमिको हकमा २।६०५ ब्याजदरमा र पुरुषको हकमा ३।६०५ ब्याजदरमा ७ महिनामा १०१२ जना लाई एक अर्ब लगानी गरिसकेको बताउनु भयो । कार्यक्रम फिक्कल गाउँपालीकाका धन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया