लिभरपुलको अपराजित यात्रा कायमै, २६ औं खेलमा अपराजित रहँदा २५ अंकको अग्रता

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले नर्विच सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले नर्विचलाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको ७८औ मिनेटमा साडियो मानेले खेलको एक मात्र गोल गरेका थिए ।

यो जितसँगै लिभरपुल प्रिमियर लिगमा लगातार १७ खेलमा जित हासिल गर्दै नयाँ किर्तिमान बनाउने नजिक पुगेको छ । म्यानचेस्टर सिटीले लगातार १८ खेल जितेर सन् २०१७-१८ मा बनाएको किर्तिमानको बराबरी गर्न लिभरपुल अब एक जित टाढा रहेको छ ।

यो जितसँगै लिभरपुलको २६ खेलमा ७६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको सिटी भन्दा २५ अंकले अगाडी रहेको छ । त्यस्तै नर्विच सिटीको २६ खेलमा १८ अंक रहेको छ भने लिगमा पुछारमा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया