प्रवासी नेपाली एकता मञ्च जापानको पहिलो बैठक टोक्योमा सम्पन्न

टोकियो । प्रवासी नेपाली एकता मञ्च जापानको पहिलो बैठक टोक्योमा सम्पन्न भएको छ ।
आज फेब्रुअरी १६ तारिख आईतवार सत्तारुढ़ दल नेपाल कम्यूनिष्ठ पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले पूर्णता पाएसंगै आफनो कार्य सुचारु गर्न कमिटीको पहिलो औपचारिक बैठक बसको अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिनुभयो । प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्ष हवलचन्द्र लामाको अध्यक्षतामा बसेको बैठक सचिव सालिकराम भण्डारीले संचालन गरि पहिलो बैठक सम्पन्न भएको थियो । ३५ जना पदाधिकारी भएको एकता मञ्च जापानको बैठकमा २८ जना सहभागि भई परिचयात्मक साथै संगठनलाई कसरी चलायमान बनाउने भन्ने वारे छलफल भएके सचिव सालिकराम भण्डारीले बताउनु भयो ।
दुई संगठन प्रवासी नेपाली मञ्च जापान र जन प्रगतिशिल मञ्च जापानविचको एकिकरणको नेतृत्व टुङ्ग्याएसंगै दुई संगठनको एकताबाट बनेको प्रवासी नेपाली एकता मञ्च जापानको पहिलो बैठकले जापानवासी नेपालीहरुको लागि साथ सपोर्ट र सामाजिक कार्यमा सहकार्य गर्दै जाने भएको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया