भर्जिनिया, अमेरिका ।ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले बनाइएको गोफन्डमीमा पहिलो दिननै २ हजार डलर उठेको छ।
२० हजार डलर उठाउने लक्ष्यका साथ बनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ। व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ। उनको उपचारका लागि करिब ३० लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।
गोफन्डमीमार्फत आइतवार सहयोग गर्नेहरुमा अमेरिकाको भर्जिनियावाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियावाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १ सय डलर, विष्णु शीतल १ सय डलर, गुणराज लुइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियावाट लक्ष्मी घिमिरे १ सय डलर र भर्जिनियावाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर हुनुहुन्छ ।
पत्रकार पौडेललालाई गोफन्डमीको यो लिंक (गोफन्डमीको लिंक)मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ । डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो ।
एउटा जोडदार समाचार बनाउन किशोरजीले अनुरोध गर्दै यो ड्राफ्ट पठाउनु भएकोछ। फोटो सहित राखौ भन्ने सल्लाह दिनु भएको छ। यसबाट नैतिक दायित्व वोध हुने विश्वास छ।
पत्रकार पौडेलको सहयोगार्थ पहिलो दिननै १ हजार ५ सय ६६ डलर उठ्यो
२० हजार डलर उठाउने उदेश्यले साताव्यापी अभियान चलाइने
व्लड क्यान्सरवाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले वनाइएको गोफन्डमीमा पहिलो दिननै १ हजार ५ सय ६६ डलर उठेको छ ।
२० हजार डलर उठाउने लक्ष्यका साथ वनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ । व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहांको उपचारका लागि करिव ३० लाख रुपिंया लाग्ने अस्पतालले वताएको छ।
गोफन्डमीमार्फत आइतवार सहयोग गर्नेहरुमा अमेरिकाको भर्जिनियाबाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियाबाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १०० डलर, विष्णु शीतल १०० डलर, गुणराज लुँइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियाबाट लक्ष्मी घिमिरे १०० डलर र भर्जिनियाबाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर रहेको छ ।
पत्रकार पौडेललालाई (गोफन्डमीको यो लिंक) मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ। डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो।
फेसबुकबाट तपाइको प्रतिक्रिया