रामप्रसाद राई फाउण्डेशन नेपालद्वारा वृहत रक्तदान कार्यक्रम

काठमाडौं । क्रान्तिका योद्धा रामप्रसाद राईको स्मृति तथा ७०औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार केन्द्रिय रक्त संचार केन्द्र सोल्टिमोडमा बृहत् रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

राजधानी काठमाडौंसहित मुलुकभर रगतको अभाब भई रहेका बेला विस २००७ सालको प्रजान्त्रिक योद्वा रामप्रसाद राईको स्मृतीमा बृहत दरक्तदान गरेको रामप्रसाद राई फाउन्डेसनकी अध्यक्ष सुष्मा राईले जानकारी दिइन् ।

अध्यक्ष राईले फाउन्डेसनले निरन्तर सामाजिक काममा सक्रिय भई रहेको र पछिल्लो समय समय रगत अभाबले विकराल रुप लिई रहेको बेला रगत अभावलाई केही हदसम्ममा न्युनिकरण गर्नलाई वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन् । रामप्रसाद राई फाउण्डेशन नेपालले वृहत रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गरेको छ । प्रतिष्ठानले यसअघि रामप्रसाद राईको स्मृतिमा पुस्तक प्रकाशन तथा शैक्षिक र विकास निर्माणका काम पनि गरिदै आएको छ ।

क्रान्तिकारी योद्धा राईको जन्म विस १९६५ फागुन १८ गते भोजपुरको बसखोरा भएको थियो । पहिले बेलायती सेनामा काम गरेका राई पछिल्लो कालमा पूर्वका भोजपुरसहितका जिल्लाबाट २००७ सालको प्रजातान्त्रिक आन्दोलनका एक कमाण्डर र योद्धा बनेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया