अदालतले सफाइ दिएपछि महराको सांसद पद फुकुवा हुने

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएपछि निलम्बनमा रहेको उनको सांसद पद फुकुवा हुने भएको छ।

यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेका महरालाई सफाइ दिएको जानकारी संसद् सचिवालयमा आएपछि सभामुखले संसद् बैठकमा जानकारी गराउनेछन् । त्यसपछि महरा संसद् बैठकमा उपस्थित हुन पाउने संसद सचिवालयले जनाएको छ । यौन दुब्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महरा गत असोज २३ गते सांसद पदबाट निलम्बन परेका थिए । अदालतबाट सफाइ पाएका कारण उनले निलम्बनमा परेको समयको पनि सांसदले पाउने सबै सेवासुविधा पनि पाउनेछन्। सभामुख महरालाई संविधानको धारा १०३ को उपधारा ९६० बमोजिम नियन्त्रणमा लिइएको थियो ।  प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २४४ को उपनियम ९३० को प्रयोजनका लागि सोही नियमावलीको नियम २४४ को उपनियम २ बमोजिम सूचना जारी गरिएको थियो ।

अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया