टोकियो । चितवन समाज जापानले टोक्योमा बिबिध उद्देश्यसहित जापानमा क्रियाशिल संघ संस्थाहरुको नेतृत्वहरू सहकार्य बढाउन अन्तरक्रिर्या गर्ने भएको छ ।
प्रवासमा हामीबीच दुखसुखमा एक अर्काविच सहकार्य गर्दै अगाडी बढन अन्तरक्रिर्या गर्न लागेको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हामी देशको विकासमा बिदेशमा रहेर पनि सहयोग गरिरहेका छौ । आवस्यक पर्दा सबै संयोजनगरी सहयोग गर्ने संघ संस्थाहरुका बारेमा पछिल्लो केहि समय यता केहि नकारात्मक बनेको होकि भन्ने भान हुने गरेको छ । यस्ता नकारात्मक सोचलाई चिर्दै अगाडी बढन संस्थाहरु विच भेंटघाट, छलफल र सहकार्य गर्दै अगाडी बढन एनआरएन जापानको सहयोग,नेपाल पत्रकार महासंघ जापानको संयोजनमा हामीले सबै संस्थाका अध्यक्ष तथा अगुवाहरुलाई यस चियापान सहितको छलफल कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको श्रेष्ठले बताउनु भयो । यसैविच चितवनको भरतपुर महानगरपालिकामा धुर्मस सुन्तलि फाउन्डेसन द्वारा निर्माणाधिन”गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला” चितवन जिल्लाको मात्र नभई देशकै राष्ट्रीय गौरबको परियोजना हो भन्ने महशुस गरी जापानबाट हामिले पनि सहयोग गर्ने उद्देश्यले जापानमा क्रियाशिल संस्थाहरूसंग सहयोगको अपेक्षा गर्दै सुझावको लागि चियापानसंगै उपस्थिति भईदिनु हुन समाजले हार्दिक अनुरोध गर्न गरेको छ ।
कार्यक्रम
मिति : २०२०-२-२३ तारीख आईतबार
समय : दिनको १२:०० बजेदेखि २:००बजे सम्म
स्थान : सोलमारी मुरा हल,सिनओकुबो
फेसबुकबाट तपाइको प्रतिक्रिया