विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड वितरण

कैलाश खत्री ,रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुको सरस्वती माध्यमिक बिद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सेनिटरी प्याड वितरण गरिएको छ ।

मन्थली नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउने नीति बनाए अनुसार सो विद्यालयका छात्राहरुलाई प्याड उपलब्ध गराइएको हो । विद्यालयमा फागुन ७गते बुधबार आयोजित एक कार्यत्रमका बिच मन्थली नगरप्रमुख रमेश कुमार बस्नेतले विद्यालयका बालक्लवका प्रतिनिधि छात्राहरू मार्फत सेनिटरी प्याड उपलब्ध गराएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव हेमन्तकुमार बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख केशव राज फुयाँल, वडाअध्यक्ष भरतबहादुर बोहोरा, विद्यालयका प्रअ हरिहर शर्मा सुवेदी लगायतले बोलका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले नागरिकको स्वास्थ्यको विषयमा नगरपालिका गम्भिर रहेको बताए । उनले विद्यालयमा पढ्ने छात्राहरुलाई पढाईमा सहज होस् भनि सेनिटरी प्याड वितरण गरिएको बताए । अब माध्यमिक विद्यालयमा सेनिटरी प्याडको अभावमा छात्राहरुले कक्षा छाडेर घर जानु पर्ने अवस्था नरहने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया