जापान । मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान र दीपवे फाउन्डेशनको सहकार्यमा टोक्योमा स्वास्थ्य र जीवनशैली संवाद हुने भएको छ ।
विशेष गरि जापानमा रहेका नेपालीको जीवन स्वास्थ्यलाई ध्यान दिएर नेपाली डाक्टरहरूको उपस्थितिमा विविध रोगहरूको बिषयमा संवाद हुने कार्यक्रम अभियन्ता डा. बिजय ज्ञवालीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा थायराइड समस्या : भ्रम र यथार्थ विषयमा डा प्रतिशा शाक्य,मुटु रोग : समस्या र समाधान डा.सन्दिप शाक्य,बालबालिकामा देखिने मनोसामाजिक समस्या डा.बिजय ज्ञवाली ,कोरोना भाईरस हामीलाई के थाहा छ ? – डा. रिचा शाह ,मुखको स्वास्थ्य – डा. सुप्रिया शाक्य,मनोसामाजिक स्वास्थ्य र आफ्नो हेरचाह – सुश्मा श्रेष्ठ खड्का संग प्रत्यक्ष संवाद गर्न सकिने जनाएको छ ।
कार्यक्रम भव्य र व्यवस्थित पार्न श्याम खड्काले संयोजन गर्नु भएको छ ।
कार्यक्रम
मिति : १४ मार्च २०२०
स्थान : नेपाली मुरा हल,शिनओकूबो
समय : बिहान ११:००-५:०० सम्म
थप जानकारीको लागि : ०९०-८०५४-७४०४
फेसबुकबाट तपाइको प्रतिक्रिया