जापानको राजधानी टोक्योस्थित नाकानो हलमा मार्च ५ तारिख प्रजातन्त्रवादी राजनीतिज्ञ, प्रजातन्त्रको महान योद्धा, लौह पुरुष २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर, नेपाली कांग्रेसका संस्थापक एवमं सर्वमान्य नेता वीर गणेशमान सिंहको जिवनीमा आधारित ऐतिहासिक चलचित्र “बिर गणेश मान सिंह”नेपाली जनसम्पर्क समिति जापानको आयोजनमा जापानमा पहिलो पटक प्रदर्शन हुन लागेको रोशन केसीले जानकारी दिनुभयो ।
यस ऐतिहासिक क्षणमा उपस्थिति भई ऐतिहासिक बिर गणेशमान चलचित्र हेरेर कार्यक्रम सफल पारिदिनु हुन जापान स्थित नेपाली समाज एवंम जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ । उक्त चलचित्र प्रदर्शनबाट हुने मुनाफाबाट शैक्षिक अक्षयकोष स्थापना गरिने जनाएको छ । सो कोष नेपाली जनसम्पर्क समिति जापान र गणेश मान सिंह अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनमा परिचालन गरि गरिब जेहेन्दार बिधार्थीलाइ निशुल्क शिक्षा प्रदान गरिनेछ ।
साँझ ६ बजे बाट सुरु हुने प्रदर्शनीमा प्रवेशको लागी साधारणका लागी टिकट दर २००० येन र विशिष्ट व्यक्तिहरूको लागी १०,००० येन तोकेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया