कोरोना भाइरस: टोकियो ओलम्पिक २०२० का भोलिन्टियर्स ट्रेनिङ रद्द

जापान । कोरोना भाइरसका कारण टोकियो ओलम्पिक २०२० का भोलिन्टियर्सहरुको ट्रेनिङ रद्द गरिएको छ ।
कोरोना भाईरसको कारण अहिले विश्वस्तरमा चिन्ता र चासो चुलिएको छ । यसलाई लिएर विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल नै घोषणा गरेको छ । सोही भाइरसका कारण अहिलेसम्म चीनमा मात्र करिब २२ सयले ज्यान गुमाइसकेका छन् ।
अहिले आएर उक्त भाइरसको असर टोकियो ओलम्पिकमा पनि परेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर टोकियो ओलम्पिकका केही क्रियाकलापहरु रद्द गरिएका छन् । त्यसैमध्येको एक हो भोलेन्टियर्स ट्रेनिङ । ओलम्पिक– २०२० का भोलिन्टियर्सहरुको ट्रेनिङ रद्द गरिएको टोकियो ओलम्पिकका आयोजकले जनाएका छन् । अधिकारीहरुले कोरोनाको संक्रमण फैलन नपाओस् भनेर भोलेन्टियर्सहरुको ट्रेनिङ रद्द गरिएको जानकारी दिएका हुन् ।
टोकियो ओलम्पिक २०२० आयोजक समितिले यस वर्ष हुन लागेको ओलम्पिकलाई सुरक्षित रुपमा सम्पन्न गर्नका लागि सबै आयोजक संघसंस्थाहरुसँग मिलेर तयारी गरिरेको जनाएको छ । हालसम्म ओलम्पिक रद्द हुने सम्बन्धमा कुनै ‘विचार गरिएको’ छैन । त्यतिमात्र होइन यो ओलम्पिकलाई असर पार्ने गरी कुनै पनि क्रियाकलाप स्थगित गरिएको या रद्द गरिएको छैन । न त्यसतर्फ नै विचार गरिएको छ ।

ओलम्पिकसँग सम्बद्ध अधिकारीहरुले चीन सरकारले कोरोना भाइरसको बचाउका लागि अख्तियार गरेको नीतिलाई मध्यनजर गर्दै प्रत्येक दिन ओलम्पिकसँग सम्बन्धित क्रियाकलापको मूल्यांकन गरिरहेको जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया