पाइलटले जानीजानी झारेका थिए मलेसियन विमान !

मलेसियाको एमएच३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए ।

सन् २०१४ मा हिन्द महासागरको माथि गायब भएको विमानको विषयलाई लिएर अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले यस्तो दाबी गरेका हुन् ।

एबोटले भनेका छन्, ‘फ्लाइटका पाइलट डिप्रेशनमा थिए । उनले आफू साथै उडानमा रहेका सबै २३९ जनाको ज्यान लिएका थिए ।’

मलेसियाका शीर्ष अधिकारीबाट उनलाई यो गोप्य जानकारी प्राप्त भएको हो । यद्यपि उनले यो विषयलाई लिएर कुनै प्रमाण पेश गरेका छैनन् ।

सुत्रका अनुसार दुर्घटनाको जाँचको समयमा सुरक्षा विज्ञलाई यो विषयमा जानकारी प्राप्त भएको हो । कारोबार दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया