टोकियो । चितवन समाज जापानले टोक्योमा बिबिध उद्देश्यसहित जापानमा क्रियाशिल संघ संस्थाहरुको नेतृत्वहरू सहकार्य बढाउन अन्तरक्रिर्या सम्पन्न गरेको छ ।
आइतवार टोक्योस्थित सोलमारी मुरा हलमा प्रवासमा एक अर्काविच सहायोग,सहकार्य अगाडी बढ़ाउन भेंटघाट,छलफल,अन्तरक्रिर्या गरेको हो ।
चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ अध्यक्षतामा भएको सो कार्यक्रममा जापानमा क्रिर्याशील चार दर्जन नेतृत्वकर्ताको सहभागी रहेको थियो ।
पछिल्लो समय जापानमा संघ संस्थाहरुका बारेमा केहि नकारात्मक बनेको होकि भन्ने भान हुने गरेको छ । यस्ता नकारात्मक सोचलाई चिर्दै अगाडी बढन संस्थाहरु विच भेंटघाट, छलफल र सहकार्य गर्दै अगाडी बढन सबै वक्ताहरूको सुझाव थियो । अरु बेला किन संस्था चाहियो भन्नेहरू आफुलाई समस्या परेपछि मरिहत्ते गर्ने नेपाली चलन छ यस्ता कार्यलाई कम गर्न सबैसंग चेतना जगाउन आवश्यक रहेको सुझाव थियो । एनआरएनए जापानको सहयोग,नेपाल पत्रकार महासंघ जापानको संयोजनमा सम्पन्न भएको कार्यक्रम पत्रकार राजन गौतमले संचालन गर्नु भएको थियो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणमा सहयोगको प्रतिबद्धता
यसैविच चितवनको भरतपुर महानगरपालिकामा धुर्मूस सुन्तलि फाउन्डेसनद्वारा निर्माणाधिन”गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला” चितवन जिल्लाको मात्र नभई देशकै राष्ट्रीय गौरबको परियोजना हो भन्ने महशुस गरी जापानबाट चितवन समाजको संयोजन र जापानस्थित क्रिर्याशील संघसंस्थाको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम गरि रंगशाला निर्माणमा सहयोग गर्ने जापानमा क्रियाशिल संस्थाहरूका नेतृत्वले प्रतिबद्धता व्यक्त गरेका छन ।
चितवन समाजले ठोस योजना लिएपछि उक्त कार्यक्रमलाई साथदिने जनाएका छन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया