कम्युनिस्ट नेताहरु नव सामन्तजस्तो भएको मुख्यमन्त्री गुरुङको टिप्पणी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले भने, ‘हामी जनमानसमा पुग्दैनौं । जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए ।

‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने । साथै कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी अन्तरघाती काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । कम्युनिस्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने भन्दै उनले भने, ‘हामी जुन बाटोमा हिँड्न खोजिराख्या छौं, त्यही बाटोमाथि प्रश्न उठाउने भूल हामीबाट हुनुहुँदैन । अन्तरघातबाट पार्टीलाई बचाउनुपर्छ ।

अबको ३ वर्षमा फेरि नेकपा जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गतिविधिमा संलग्न नहुने आग्रह गरे । ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने ।

पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया