
कैलाश खत्री मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा परियार एकता समाज रामेछापको प्रथम वार्षिक साधारणसभा फागुन १०गते शनिवार सम्पन्न भएको छ।
प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार वस्नेतले नेपाली समाजको सामाजिक सांस्कृतिक रूपान्तरण आवश्यक रहेकाे धारणा राख्नु भयाे।संविधानले सबै जातजाती ,भाषा ,धर्म र संस्कृतिकाे अधिकारलाई संरक्षण गरेको नगर प्रमुख बस्नेतको भनाइ थियो ।
परियार एकता समाजका अध्यक्ष विमल परियारको अध्यक्षतामा सम्पन्न भएकाे वार्षिक साधारण सभालाइ नेपाली कांग्रेस रामेछापका नेता मदन अधिकारी , समाजवादी पार्टीका जिल्ला अध्यक्ष सोनाम ग्यापक,रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे ,पञ्चेवाजा संरक्षण समाजका अध्यक्ष ज्ञान बहादुर सुन्दास ,सिलाई ब्यवसायी संघ रामेछापका सचिव हिरा विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यस कार्यक्रममा मृगौलाकाे समस्या बाट पीडित मिना दमाईलाई नगद १ लाख २० हजारको चेक हस्तान्तरण गरेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया