शिक्षक संगठन मन्थली नगरको अधिवेशन सम्पन्न,अध्यक्षमा संजिव श्रेष्ठ

कैलाश खत्री,मन्थली । नेपाल राष्ट्रिय शिक्षक संगठन मन्थली नगर संगठनको दोस्रो नगर अधिवेशन फागुन १० गते शनिबार मन्थलीमा सम्पन्न भएको छ ।

संगठनका नगर अध्यक्ष सञ्जीव श्रेष्ठको अध्यक्षामा भएको सो अधिवेशनकाे नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती प्रदेश अध्यक्ष निरबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।

अधिवेशनलाई मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, नेकपा रामेछापका नेता लव श्रेष्ठ , मन्थली नगरपालिका शिक्षा शाखाका प्रतिनिधि सौभाग्य न्याैपाने लगायतका शिक्षक प्रतिनिधि बक्ताहरुले सम्बोधन गरेका थिए । कार्यत्रमका बोल्दै मन्थली नगरप्रमुख बस्नेतले शिक्षा क्षेत्रको स्तर माथि उठाउन नगरपालिका योजनावद्ध रुपमा अघि बढेको बताउनुभयो । शिक्षकका जायज मागलाई सम्बोधन गर्न आफू तत्पर रहेको उँहाकाे भनाइ थियो ।  प्रमुख अतिथि कार्कीले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार गम्भिर नबनेको बताउनुभयो । शिक्षा क्षेत्रको बिकास भए मात्र देश विकासले गति लिने धारणा राख्नुभयो । अधिवेशनले संजिव श्रेष्ठको अध्यक्षतामा २१ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष विष्णु थापा, महिला उपाध्यक्षमा पार्वती पाठक, सचिवमा बाबुराम भण्डारी, सहसचिवमा कल्पना श्रेष्ठ तथा कोषाध्यक्ष प्रल्हाद खत्री चयन हुनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया