रामेछापमा पर्यटन विकासको लागि र्याफ्टीङवाट सन्देश दिदैं अनेरास्ववियू

मन्थली । दोस्रो रामेछाप महोत्सव २०७६ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी सदरमुकाम मन्थली स्थित तामाकोसी नदीमा संचालन गरिएको र्याफ्टीङमा क्रेज बढ्दै गएको छ ।

फागुन १० गते शनिबारबाट किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ हलेदेबाट मन्थली नगरपालिका वडा नं १ आकाशे पुलसम्म तामाकोशी नदीमा सुरु गरेको र्याफ्टीङका लागि आकर्षन बढेको हो । सोमबार अनेरास्ववियू रामेछापले पनि झण्डा ब्यानर,जिल्ला स्थित नेकपाका नेता सहित र्याफ्टीङ गराएको छ । जिल्लाको पर्यटनलाई प्रवद्र्धन गरी आर्थिक विकास गर्न र्याफ्टीङले भुमिका खेल्न भएकाले यसको निरन्तरताका लागि सरोकावाला निकायको ध्यान केन्द्रीत गराउँन र प्रचार प्रसार गर्न आफुहरुले र्याफ्टीङ गराइएको अनेरास्वबियू जिल्ला कमिटीका संयोजक सागरहरि अधिकारीले बताए । उनले नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ ,रामबाबु घिमिरे ,अनेरास्वबियू केन्द्रीय निर्वाचन आयोगका सदस्य श्याम श्रेष्ठ सहित अनेरास्वबियूको टोलीले जिल्लाको पर्यटन विकासमा टेवा पुयाउने उद्देश्यले संचालित र्याफ्टीङ गरिएको बताए । नेपाल भ्रमण बर्ष २०२० र दोस्रो रामेछाप महोत्सवलाई लक्षित गरि सचालन गरिएको र्याफ्टीङमा दैनिक १ सय २० जना भन्दा बढिले र्याफ्टीङ गरी मनोरञ्जन लिने गरेको संचालक सिताराम लोहारले बताए ।

उनले महोत्सव हेर्न आएका अन्य भन्दा युवा ,युवती ,विद्यार्थीहरुको निकै क्रेज देखिएकाले यहि फागुन १५ गते विहीबारसम्म र्याफ्टीङ संचालन गरिने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया