कोरोना भाईरसको प्रभाव: जापानका सबै विद्यालयहरु बन्द गर्न सरकारको आह्वान

टोकियो । कोरोना भाईरसको प्रभावको कारण जापानका सबै विद्यालयहरु बन्द गर्न जापान सरकारले आह्वान गरेका छन् ।
प्रधानमन्त्री सिन्जो आवेले मार्च २ देखी हारु यासुमी अर्थाथ अप्रिल पहिलो सातासम्म जापान भरिका सार्वजनिक विद्यालयहरु बन्द गर्न आह्वान गरेका हो ।
वुधवार होक्काइदो प्रान्तमा रहेका १६ सय विद्यालयहरु एक हप्ता बन्द गर्न आह्वान गरिएको थियो । प्राथमिक तथा जुनियर हाइस्कुलका ५० भन्दा बढी विद्यार्थी र शिक्षकहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपश्चात छोटो समयका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको भोलीपल्ट देशभरका विद्यालयहरु बन्द गर्न आह्वान गरिएको हो । कोरोना भाइरस फैलिन नदिन र जनस्वास्थ्यलाईध्यान दिदैं जापान सरकारले विद्यालयहरु बन्द गरिएको छ ।
कानागावामा रहेका विद्यालयहरुको स्नातक र प्रवेश समारोहहरुमा परिवारका सदस्य तथा अभिभावकहरुलाई नआउन भनेको छ ।
होक्काइदोको साप्पोरोमा रहेका ३ सय विद्यालयहरु शुक्रबारवाट मार्च ६ सम्म बन्द छन् ।

विहिबारसम्म जापानमा ९ सय भन्दा बडी मानिसमा कोरोना भाईरस संक्रमण भेटिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया