नेपाल एयरलाईन्सको विमान मार्च २ तारिख नारितामा अवतरण हुने

टोकियो । नेपाल एयरलाईन्सको नियमित पहिलो उडान मार्च २ तारिख सोमबार जापानको नारितामा अवतरण हुने  भएको छ ।
कारण नेपाल वायुसेवा निगमको पहिलो उडानमा कुनै औपचारिक कार्यक्रम तथा तामझाम नहुने भएता पनी नेपालमा पर्यटन मन्त्री,नेपालको लागी जापानी राजदूत लगाएतले केक काटेर विमान उड़ान भर्ने जनाएको छ ।

जापानका लागि आउने निगमको वाइडबडी विमानमा १८ वटा बिजनेस, २ सय ५६ इकोनमीसहित २ सय ७४ वटा सिट छन्। त्रिभुवन विमानस्थलस्थित अन्तर्राष्ट्रिय उडानका एक अधिकारीका अनुसार सोमबार हुने सो उडानमा निगमका पदाधिकारीसहित सांसद,पत्रकार २१ जना जापान आउने भएका छन् ।
विश्वब्यापी फैलिरहेको कोरोना भाइरस संक्रमण जोखिमका कारण जापान सरकारले जारी गरेको ट्राभल एड्भाइजरीका
निगमको एयरबस वाइडबडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले जनाएको छ । निगमको जहाज स्थानीय समय राति १:२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंदेखि उडान भई स्थानीय समय बिहान ११ बजे नारिता अवतरण हुने र सोही दिन अपरान्ह १ बजे नारिताबाट प्रस्थान गरी साँझ ६:२५ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका छ ।

नारिता विमानस्थलमा सोमवार साधारण रुपमा नेपालवाट आएको अतिथिहरु विचमा काउन्टरको एक कार्यक्रमको विच सुरुवात गर्ने कार्यक्रम रहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया