
हिमाल लामा,टोकियो । जापानको चिवाबाट प्राण घातक रोग क्यान्सरसंग लडिरहेका सानु लामा तामाङ आफ्नो जीवन बचाउनका लागि हार गुहार गरेका छन् ।
विकासित देशमा बसेर आफ्ना हजारौं असीमित इच्छाहरुलाई मनभित्र कुण्ठित पार्दै प्राण घातक रोग क्यान्सरसंग लडिरहेका पीडित काभ्रे कोशिपारी, चौँरीदेउराली गाउँपालिका ८, निवासी सानु लामा तामाङ यतिखेर आफ्नो जीवन बचाउनका लागि आर्थिक सहयोगको अपिल गरेका हुन ।
कमजोर आर्थिक अवस्था भएका सानु तामाङको आमा बुवा दुवै जना क्यान्सरको कारण निधन भएपछि ऋणको भारी बोकेर जिम्मेवार सन्तानको आभास दिलाउन स्वर्गीय आमाबुवाको आत्मालाई भएपनि शान्ति दिन र आमा बुवाको उपचारको क्रममा लागेका ऋण तिर्नकै लागि फेरि लाखौं ऋण गरी विद्यार्थी भिसामा सन् २०१३ मा जापान आउनुभएका सानु तामाङ कडा मेहनत गरी झण्डै १ वर्ष अघि भिसा परिवर्तन गरी वर्किङ भिसामा श्रीमती सहित अहिले जापानको चिबामा बस्दै आउनु भएको छ ।
एक छोरा र एक छोरीकी अभिभावक तामाङ यतिखेर छाँगाबाट खसे झै भएको छ । उहाँलाई आफ्नो भन्दा बढी आफ्नो सन्तानको चिन्ताले पिरोलिएको छ । डाक्टरका अनुसार समयमा नै उपचार हुन सकेमा ४० प्रतिशत बाँच्न सक्ने सम्भावना भएको बताउँछन् । क्यान्सरको चौथौ अवस्थामा पुगिसकेकोले बाँच्ने झिनो आशा बोकेर सानु तामाङ यति खेर सबै सामु हात जोड्दै आफ्नो जीवन बचाइदिन हारगुहार गरिरहेको छ ।
आमा बुवाको स्वर्गारोहण पछि टुहुरा भएका सानु तामाङले आफ्नो सन्तानलाई पनि टुहुरा हुनबाट जोगाउन सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।
त्यसैले सानु लामाको जीवन रक्षाको लागि सहयोगी मन भएका सम्पूर्ण जापानबासी नेपाली दाजु भाई तथा दीदी बहिनीहरूले अफूले सक्ने आर्थिक सहयोग गरिदिनु हुन नेपाल तामाङ समाज जापानले बिनम्र अनुरोध गरेको छ ।
सहयोग गर्न चहानुहूने महानुभावहरूले नेपाल तामाङ समाज जापानको खातामा फुरिकोमी गर्न सक्नुहूनेछ ।
*नेपाल तामाङ समाज जापान
● जापान पोस्ट बैंक
JP BANK
Japan Post Bank(ゆうちょ銀行)
Code:- 10110
Account no :- 78763511
ネパール タマン ソサイティ オブ ジャパン
फेसबुकबाट तपाइको प्रतिक्रिया