टोकियो । रुकुमबाट विभिन्न पेशा व्यवसाय र अध्ययनका सिलसिलामा जापानमा रुकुमेलीहरुको साझा संस्था रुकुमेली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । टोकियोमा आइतबार अधिबेशनवाट प्रिन्स पुन मगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
अधिवेशनले समाजको बरिष्ठ उपाध्यक्षमा लोकेन्द्र बाठा मगर, उपाध्यक्ष दीपेन्द्र केसी,महासचिव रामकृष्ण केसी, सचिव लिला राना मगर, कोषाध्यक्ष समि रामजाली मगर, सहकोषाध्यक्ष हरिस वली र सदस्यहरु टेक बहादुर घर्ती मगर, नबराज पुन मगर, मोहन केसी, धिरेन्द्र राना, दलजीत खड्का, सागर बाठा मगर, उमा अधिकारी, असमिना बोहरा, धनबहादुर मगर, गोपाल बोहरा, लक्ष्मण दाहाल रहनु भएको छ ।
अधिवेशन समाजका सागर पुन मगरको अध्यक्षतामा, राप्ती समाज जापानको अध्यक्ष युवराज रेग्मीको आतिथ्यता र नेपाल पत्रकार महासंघ जापानको सचिब शान्त पहरी,नेपाल तामाङ समाज जापानका कोषाध्यक्ष गिर बहादुर तामाङको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन समाजका महासचिव लोकेन्द्र बाठा मगरले गर्नुभएको थियो । समाजले जापानमा रहेको नेपालीहरुको पक्षमा विभिन्न काम गर्ने अध्यक्ष पुन मगरले बताउनु भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया