रामेछापमा नेपाल सिआरएसको दुर्गम क्षेत्र अभियान कार्यक्रम सम्पन्न

कैलाश खत्री ,मन्थली । नेपाल सिआ।एस कम्पनीद्धारा रामेछापको २ नगरपालिका र २ गाउँपालिकामा संचालित दुर्गम क्षेत्र अभियान कार्यक्रम सकिएको छ ।

कम्पनीले फागुन १४ गते बुधबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी जिल्लाको मन्थली नगरपालिका , रामेछाप नगरपालिका , खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा संचालित दुर्गम क्षेत्र अभियान कार्यक्रमको समयावधि सकिएको जानकारी दिएको हो ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको विदाई कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कोइरालाले संस्थाले गरेको कामका बारेमा आफ्नो बिचार राख्नुभएको थियो । त्यसैगरी युएस एडका इभाना र नेपाल सिआरएस कम्पनीका प्रवन्धक जीवलाल पोखरेलले संस्थाले २ बर्षको अवधीमा गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सिआरएस कम्पनी नेपालद्धारा संचालित दुर्गम क्षेत्र अभियान कार्यक्रमले रामेछापको विकट दुर्गम क्षेत्रमा गएर उल्लेख्य काम गर्न सफल भएको भन्दै धन्यवाद दिनुभयो।

२ बर्षसम्म सि।आर।एस कम्पनीले रामेछापको दुर्गम क्षेत्रमा गएर महत्वपुर्ण काम गरेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले बताउनुभयो । त्यस अवसरमा सिआरएस कम्पनी रामेछापका जिल्ला संयोजक भुवन थापा ,सामाजिक परिचालक संन्जिता कार्की सहित १६ जना स्थानिय तहमा काम गर्ने सिसिएलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।

परियोजनाले परिवार नियोजनका साधनहरुको जानकारी दिने र बितरण गर्ने , स्वाथ्यमा व्यवहारिक परिवर्तन गराउने ,एचआइभी एड्सका बारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम सन् २०१८ देखि रामेछाप जिल्लामा सञ्चालन गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया