प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार,कस्ले प्रहार गर्यो जुत्ता

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । जुत्ता हान्रे जुम्लाका रतन  तिरुवा रहेको प्रहरीले जनाएको छ ।  प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया