जनजाति महासंघ जापान क्षेत्रीय समिति सेन्दाइको अध्यक्षमा पुन:थामी

जापान । नेपाल आदिवासी जनजाति महासंघ जापान क्षेत्रीय समिती, सेन्दाइको पहिलो अधिबेशन सम्पन्न भएको छ ।

आज आइतवार एक कार्यक्रम बीच अधिवेशन सम्पन्न भएको हो । जनजाति महासंघ जापान क्षेत्रीय समिति सेन्दाइको अधिबेशनबाट अध्यक्षमा पुन:टेकबहादुर थामी चयन हुनुभएको छ । नेपालमा लामो समय आम आदिवासी जनजातिहरूको हकहितको लागी काम गरेका थामी ६ वर्षअघि जापान आइ जापानी कम्पनीमा कार्यरत हुनुहुन्छ ।

एनआरएनए सेन्दाइका सचिब छिरिङ् शेर्पाको विशेष उपस्थितीमा नेफ़िन सेन्दाइको अधिबेसन सम्पन्न भएको थियो  । सेन्दाईमा रहेकाे आदिवासी नेपाली समुदायकाे सहभागितामा नया कार्य समिति चयन गारिएकाे जनाएको  छ । नया कार्यसमितिको संयोजकमा थामीको सहित पदाधिकारीहरूमा सह-संयोजक निम बहादुर तामाङ,सचिब उज्वल श्रीस मगर ,सह-सचिब योगेश तुम्बाहाम्फे लिम्बु,कोषाध्यक्ष दिनेश राइ,सह-कोषाध्यक्ष टसी शेर्पा,सद्स्यहरूमा लोक बहादुर  रानामगर ,कृष्ण बिक्रम घिसिङ,पुरन गुरुङ,सम्झना तामाङ,छिमी शेर्पा चयन हुनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया