रंगशाला निर्माणका लागि गल्कोट स्पोर्ट्स कल्व टोकियोको सहयोग

काठमाडौं । “स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मुख्य नाराका साथ सन २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रीय खेल भलिबल मार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ ।

स्थापना कालदेखि नै निरन्तर खेलकुद क्षेत्र संगै सामाजिक कार्यहरुमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आईरहेको छ।यसैको निरन्तरता अन्तर्गत गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले धुर्मुस सुन्तली फाउण्डेशन लाई नेपाली चारलाख पाँच हज़ार सहयोग रक़म गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा हस्तान्तरण गरेको छ । सन २०१७ मा जापान भ्रमणका अबसरमा क्लवको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि कल्वले एकलाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो ।

कल्वको बार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिंग कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट हुन आएको मुनाफा बाट खेल संग सम्बन्धित क्षेत्रमा प्रत्यक बर्ष सहयोग गर्दै आएको । यस बर्ष भने कोरोना भाईरसका कारण जापान सरकारले गरेका केही निर्णयलाई मनन गर्दै केही समय पछाडि अर्थात २०२० मे महिनाको अन्तिमतिर यहाको अबस्था हेरेर प्रतियोगिता गर्ने समेत जानकारी कल्वले दिएको छ ।

उक्त प्रतियोगितामा पनि सबैको साथ सहयोगले पुन यस्तै सामाजिक कार्यमा निरन्तर सक्रिय रहने बिश्वास लिएको कल्वका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया