प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तेस्रो दिन: हिँडडुल गराउन थालियो

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा. खड्गाले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया