किन आईन मिस वर्ल्ड २०१९ कि विजेता टोनी नेपाल

काठमाडौं । मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् ।

विहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी हुन। उनको भम्रण ३ दिनको रहनेछ ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन् । उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् । टोनी नेपाल आउनुको मुख्य उदेश्य मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवाडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु हो । जसको लागि उनी शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुगेकी छिन्   । टोनीले बालबालिकालाई गाला सुम्सुम्याउँदै हात मिलाउँदा स्थानीयले जोडादर तालिको स्वागत गरे ।

मिस नेपाल अनुष्काले सञ्चालन गरेको परियोजना बारे जानकारी दिने कार्यक्रममा झण्डै एक घण्टा सहभागिता जनाएर उनी आजै आजै काठमाडौं फर्किने छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया