कोरोना प्रभावित मुलुकमा टान्जिट हुँदै जापान पुगेका यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

टोकियो । कोरोना प्रभावित मुलुकमा टान्जिट हुँदै जापान पुगेका यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

जापान सरकारले कोरोना भाइरसको महामारी फैलिएको भन्दै चीन, दक्षिण कोरिया, हङकङ, मकाउलगायतका देशबाट जापान प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने निणर्य गरेको हाे ।

सोमबार रातको  १२ बजेपछि यि देशमा ट्रान्जिट हुँदै आउने नेपालीले पनी अनिवार्य रुपमा जापानले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

जापान सरकारले यो नियममार्च महिनाको अन्त्यसम्म लागु हुने जनाएको छ । तर, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएमा यो नियम अझै लम्बिने अनुमान अधिकारीहरूको छ।

नेपालबाट जापानको लागि नेपाल वायु सेवा निगमले मात्रै सिधा उडान भर्दै आएको छ ।

जापान सरकारले केहिदिन अघि चीन,दक्षिण कोरिया लगाएत मूलुकका नागरिकको प्रवेशाआज्ञासमेत रोक्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया