कानुन अनुसार सुशासन प्रवर्धनको लागि प्रतिवद्ध छु : नगर प्रमुख बस्नेत

कैलाश खत्री ,रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका नेपालको संविधान र राज्यको कानुनले गरको व्यवस्था अनुसार सुशासन प्रवर्धनको लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ । सोही प्रतिवद्धता अनुसार नगरपालिकाले सुशासन ऐन बनाएको उहाँले बताउनुभयो ।

मन्थली नगरपालिकाको आयोजना तथा हुराडेक नेपाल दोलखको नागरिक समाजः पारस्पारिक जवाफदेहीता परियोजना र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको सहकार्यमा आयोजना गरिएको सुशासनका औजारहरु र मन्थली नगरपालिकाको सुशासन ऐनको अभिमुखिकरण कार्यक्रमा फागुन १४गते बुधबार बोल्दै नगरप्रमुख बस्नेतले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले मन्थली नगरापलिकाले छौटौँ नगरसभाबाट सुशासन ऐन पास गरेको बताउँदै अब नीति र कार्यबिधि बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायमाझीले मन्थली नगरपालिकाको सुशासन सम्बन्धि ऐनले गरेको सारभुत व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । नगर कार्यपालिकाका पदाधिकारी, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, नागरिक समाजका अगुवा, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा हुराडेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले सुशासनका औजारहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकाको सुशासन ऐन बने पछि अब कार्यबिधि बनाउँदा कुन औजारको प्रयोग कहाँ गर्ने भन्ने पनि स्पष्ट व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले मावनअधिकार सञ्जाल र यसले सञ्चालन गर्ने अभियानको बारेमा जानकारी गराउनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया