टोकियो l विश्वव्यापी फैलिरहेको प्राणघातक कोरोना भाईरस संक्रमण भैरहेको अवस्थामा आफनो ग्राहकलाई निशुल्क माक्स वितरण गरेको छ ।
जापानको टोक्योमा रहेको नेपालीले संचालन गरेको रेष्टुरेण्टका ग्राहकलाई निशुल्क माक्स वितरण मंगलवारबाट गरेको हो । जापानमा फेस मास्कको अत्यन्त अभाब भई रहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुया र एशिएन बालि गार्डेन टोक्यो ,कान्दाबाट रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई २०२० मार्च १० तारिख मंगलवार देखि निशुल्क मास्क वितरण गरेको उक्त कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार शाक्यले जानकारी दिनुभयो l
उक्त कोरोना भाईरसबाट मानवजगतको स्वास्थ्यलाई ध्यानमा राखि उक्त कम्पनीले निशुल्क मास्क वितरण गरेको जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया