ललितपुर । संघीय राजधानी काठमाडौंमा ६ जनालाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण भएको आशंका गरिएको छ ।
कोरोना भाइरसको आशंकामा ४ जनालाई पाटन अस्पताल र दुई जनालाई टेकु अस्पतालमा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको जानकारी दिएका छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै पैतालिस सय भन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया