जापान । कोरोना भाइरस (कोभिड-१९)का कारण नेपाली दूताबास जापानले सेवा सुविधामा परिवर्तन गरेको छ ।
शुक्रवार दूताबासले एक विज्ञप्ती मार्फत नेपालीहरुलाई अत्यावश्यक अवस्थामाबाहेक यात्रा नगर्न र उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ ।
नेपाली राजदूतावास जापानका कार्यबहाक राजदुत कृष्णचन्द्र अर्यालका अनुसार नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले गरेको निर्णय अनुसार दूताबासले सेवा प्रदान गर्ने जनाउँदै नेपालीहरुलाई शतर्क रहन समेत आव्हान गर्नु भएको छ । नयाँ ब्यवस्थानुसार दूताबासबाट अधिकृत वारेसनामा प्रमाणिकरण र हस्ताक्षर प्रमाणिकरणका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।राहदानी र यात्रा अनुमतिपत्रका साथै अन्य प्रमाणिकरण –जन्मदर्ता, विवाहदर्ता, नाता प्रमाणित, सवारी चालक अनुमतिपत्र प्रमाणिकरण आदिका लागि आवयक पर्ने कागजात दस्तुर राखी हुलाकमार्फत दूताबासको ठेगानामा पठाउन अनुरोधसमेत गरिएको छ ।
डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया