टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखा १०औं वर्षमा प्रवेश गरेको छ । पत्रकार महासंघ जापान शाखा औपचारिक रुपमा सन २०११ मार्चको १३ तारिखमा स्थापान भएको थियो । महासंघले शुक्रवार जापानको टोकियोमा आफ्नो १०औं स्थापना दिवस केक काटेर शुभकामना आदानप्रदान गर्दै मनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक तथा हालका सल्लाहकार भूषण घिमिरेको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना मतव्य राख्दै प्रमुख अतिथि घिमिरेले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था भएको सबै पुस्ताले यसको बिकास र बिस्तारको लागि टेवा दिएको बताउँद्यैं संस्थाको निरन्तरताका लागि युवा पुस्ताले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा अग्रज पत्रकार दिनेश थपलियाले प्रवासमा पनि महासंघले सबै पत्रकारहरुलाई भेटघाट, वैचारिक छलफल गनैृउ साझा संस्था भएकोले महासंघलाई थप उचाईमा लैजानु पर्ने बताउनु भयो ।
पत्रकार महासंघ जापानको स्थापना दिवसको कार्यक्रममा अध्यक्ष मोहन घलेको सभापतित्वमा,कोषाध्यक्ष आनन्द कोइरालले संचालन गरि उपाध्यक्ष पूर्ण चलाउनेले स्वागत मतब्य राख्नु भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया