काठमाडौं । धनुषामा घरेलु मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शनिबारसम्म तीन जनाको ज्यान गएको छ । यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाले ज्यान गुमाएका थिए ।
शुक्रबार राति ज्यान गुमाउनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । शनिबार विहान झगरु सदाको ज्यान गएको छ । यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो । एक जना भेन्टिलेटरमा उपचारत छन् भने अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार सात जनालाई अन्तर जिल्ला समन्वय गरी पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया