काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेटेका छन् ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर बालुवाटार फर्किएका प्रधानमन्त्री १२ दिन त्रिवि शिक्षण अस्पतालमा बसेर शुक्रबार साँझ बालुवाटार फर्किएका थिए ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष दाहाल शनिबार बिहान बालुवाटार पुगेका थिए । भेटका क्रममा दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच समसामयिक राजनीतिक गतिविधिबारे सामान्य छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ । दाहालले राजनीतिक गतिविधिबारे ओलीलाई जानकारी गराएको उनको सचिवालयले जनाएको हो ।
दाहालले प्रधानमन्त्रीको स्वास्थ्य लाभको पनि कामना गरेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया