काठमाडौं । सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ मार्फत सहकार्य अघि बढाउने भएका छन् । आज आइतबार हुने भिडियो कन्फरेन्सलाई पाँच वर्षदेखि सार्क अवरुद्ध २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन ।
आजको भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ । प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिए । कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असहज देखिएमा कन्फरेन्समा परराष्ट्रमन्त्री र सल्लाहकार समूह सहभागी हुनेछन् । सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९०) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोनासविरुद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रस्ताव राखेका थिए। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्न हामी भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौं,’ मोदीले ट्विटमार्फत भनेका थिए, ‘संयुक्त रूपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पुर्याउन सक्छौं।’
कन्फरेन्सबारे अन्य सदस्य मुलुकहरूले तत्काल सहमत भए पनि पाकिस्तानले सबैभन्दा अन्तिममा सहमति जनाएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार दिउँसो भारतको प्रस्तावलाई समर्थन गर्ने सन्देश नेपाललाई दिएकी थिइन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया