कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार नाग्यो,सार्क जुट्दै

काठमाडौं  । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) बाट संसारभर मृत्यु हुनेको संख्या ६ हजार ६८ पुगेको छ ।

चीनमा महामारी लिएके कोरोना भाइरसले पछिल्लो समय इटली सबैभन्दा धेरै प्रभावित भएको छ । इरान र स्पेनमा पनि ठूलो संख्यामा कोरोना संक्रमितको संख्या बढेको छ ।

अहिलेसम्म संसारभर ६ हजार ६८ जनाको मृत्यु ,१ लाख ६२ हजार ५ सय ५ जना संक्रमित  र ७५ हजार ९ सय ६८ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसविरुद्धको अभियानमा सार्क सदस्य राष्ट्र जुट्दै 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)राष्ट्र कोरोना भाइरसविरुद्धको अभियानमा एकजुट भएका छन् । भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सार्क सदस्य राष्ट्रले सहमति जनाएका छन्  ।

मोदीले आपतकालीन कोष बनाउने प्रस्ताव गरि भारतले १ करोड डलर रकम जम्मा गर्ने घोषणा गरेको छ । आपतकालीन कोष आवश्यकताअनुसार सार्क सदस्य राष्ट्रमा प्रयोग गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया