टोकियो । जापानमा कार्यरत रहेका अवस्थामा मृत्यु हुनुभएका गल्कोट नगरपालिका वार्ड नं ६ खुईल घर स्व.डिलबहादुर बुढाथोकीको परिवारलाई एनपीओ गल्कोट समाज जापानद्वारा २६ लाख आर्थिक सहयोग प्रदान गरिएको छ ।
संस्थाका महासचिव कृष्ण केसीले स्व.बुढाथोकी परिवारको आर्थिक स्थिति नाजुक भएको कारण आर्थिक संकलन भएको २६ लाख येन स्व. बुढाथोकीका दुई छोराहरुको संयुक्त खाता खोली नगद जम्मा गराइएको जानकारी दिनुभएको छ ।
संस्थाका अध्यक्ष दिलु खत्रीले पारिवारिक स्थिति नाजुक भएको कारण संस्थागत रुपमा आर्थिक सहयोग अभियान चलाइएको जानकारी दिदै यो अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।
स्व.बुढाथोकीका श्रीमती,एक् छोरी र दुई छोराहरु छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया