भलिबल संघ जापानको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा बस्नेत

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज जापानको राजधानी टोकियोस्थित टोसिमामा सम्पन्न प्रथम अधिबेशनबाट अध्यक्षमा रत्नसिंह बस्नेत सर्वसहमति चयन हुनु भएको छ ।

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देबीलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट तीन उपाध्यक्षमा मदन साउद,दिपेश केसी,देवेन्द्र खत्री चयन हुनुभएको छ भने महासचिबमा भिक्टर ठाडा मगर,सचिब हिमाल कंडेल,कोषाध्यक्षमा बसन्त थापा,सह-कोषाध्यक्षमा विसाल केसी चयन संगै सदस्यहरूमा बुद्ध बस्नेत,प्रकाश जोशी,राजेश थापा,अनिल किसान,निकास ओली धनमाया ऊर्जा मगर चयन हुनुभएको छ । संघको कार्यसमितिले ४ भलिबल प्रेमीलाई पछि मनोनयन गर्ने जनाएको छ । नेपाल भलिबल संघ जापानका संस्थापक अध्यक्ष नवीन गुरुङको सभापतित्वमा भएको प्रथम अधिवेशन पिताम्बर चापागाईले संचालन गर्नु भएको थियो ।

रामकृष्ण बम मल्ल निर्वाचन समितिले तयार गरेको नव कार्यसमितिको नामलिस्ट घोषणासंगै भलिबल संघ जापानको नव कार्यसमितिलाई नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ लगाएतले शुभकामना दिनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया