व्लड क्यान्सर पीडित पत्रकार पौडेलको उपचारार्थ एनआरएनए कान्साइद्वारा सहयोग

जापान  । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापान, कान्साइ क्षेत्रीय समितिले पत्रकार कमल पौडेलको उपचारका लागि संकलन गरेको नगद १ लाख ४२ हजार रुपैया हस्तान्तरण गरेको छ ।

संचारकर्मी पुरुषोत्तम लामिछानेको अनुरोधमा एनआरएनए  कान्साइले संकलन गरेको रकम एनआरएन कान्साइका कोषाध्यक्ष बिष्णु सापकोटाको सहयोगमा नेपाल पठाइएको थियो । सो रकम दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दीपक लामिछानेले पत्रकार पौडेलको उपचार भै रहेको सिभिल अस्पताल काठमाडौंमा पुगेर उहाकी पत्नी अम्बिका पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

एनआरएनए कान्साइका सन्योजक कृष्ण गैरेले बिगत २ दशक भन्दा लामो समय देखी नेपाली पत्रकारिताको क्षेत्रमा अनवरत योगदान पुर्याउदै आउनु भएका पत्रकार कमल पौडेल अस्वस्थ हुनु भएको समाचारले आफुहरु चिन्तित भएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। एनआरएनए  जापानका सल्लाहाकार नरेन्द्र बस्नेतले पत्रकार कमल पौडेललाई उपचार पछी छिट्टै सन्चार माध्यममा देखिने विश्वाश ब्यक्त गर्नु भएको छ । दुखको क्षणमा आफुलाई सहयोग गरी माया देखाएकोमा पत्रकार पौडेलले एनआरएन कान्साइ तथा जापानवासी नेपालीहरुमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

पत्रकार पौडेललाई एनआरएनए कान्साइ मार्फत सगयोग गर्नुहुने महानुभाब हरुको नामावली यस प्रकार छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया