कोरोनाबाट मर्नेको संख्या १० हजार नाग्यो,ईटलीमा शव ब्यवस्थापन गर्न कठिन

ईटली । विश्वब्यापी महामारीको रुप फैलिरहेको कोरोना भाईरस (कोभिड १९) ले ईटलीमा संकट निम्त्याएको छ । मानिसको भिडभाड देखिने ईटालीका शहरहरु अहिले सुनसान छन ।

त्यहाँ अहिले शव ब्यवस्थापन गर्न समेत धौ धौ परेको छ । ईटलीका थुप्रै चर्च बाहिर शव राखिएका कफिन (बाकस) हरु यत्रतत्र राखिएका भेटिन्छन । शव राखिएका त्यस्ता कफिन थन्क्याउन कोही पनि अग्रसर भएको देखिंदैन ।

अहिले शवको ब्यवस्थापन गर्न सेना परिचालन गर्न लागिएको ईटली सरकारलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । चीनपछि दोस्रो ठूलो महामारीको केन्द्र बनेको ईटलीमा अहिलेसम्म ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ भने ४१ हजार ३५ जना संक्रमित छन । उपचाररत मध्ये २ हजार ४ सय ९८ जनाको अवस्था चिन्ताजनक छ भने ४ हजार ४ सय ४० जना निको भैसकेका छन । विश्वका १ सय ७९ मुलुकमा फैलिएको कोरोना भाईरसले हालसम्म १० हजार ४८ जनाको मृत्यु भएको छ । त्यस्तै २ लाख ४५ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । यी मध्ये ८८ हजार ४ सय ३७ जना निको भैसकेका छन । अहिलेसम्म चीनमा ३ हजार २ सय ४८ को मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ८० हजार ९ सय ६७ पुगेको छ । त्यस्तै ईरानमा ३ हजार ४ सय ५ को मृत्यु भएको छ भने १८ हजार ४ सय ७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै फ्रान्समा ३ सय ७२ को मृत्यु भएको छ भने १० हजार ९ सय ९५ मा संक्रमण पुष्टि भएको छ । त्यसैगरि अमेरिकामा २ सय १८ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय १६ जना संक्रमित रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया