वीरगन्जका एक व्यवसायीलाई कोरोना भाइरस,पटनामा उपचार गरिँदै

वीरगञ्ज । वीरगञ्जका एक व्यवसायीलाई कोरोना भाइरस संक्रमित भएको फेला परेका छन् ।

केही दिनदेखि ज्वरो आएपछि भारतको विहार पटनामा चेकजाँच गराउने क्रममा कोरोना भएको पुष्टि भएको छन् । उच्च ज्वरो देखिएपछि पटना लगिएकामा कोरोना देखिएको हो । भारतको बिहार पटनास्थित पीएमसीएच अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । छ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । वीरगन्जका स्थानीयहरुका अनुसार ती व्यवसायी मृगौला पीडित हुन् । उनको केहि वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

उनी भारतबाट केहि समय अघि वीरगन्ज आएका थिए । छ दिन वीरगन्ज बसेपछि उच्च ज्वरोका कारण उपचारका लागि उनी भारत पुगेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया