
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले कोरोना भाइरस ९कोभिड(१९० विरुद्द रोकथाम तथा सचेतना अभियान गर्ने भएको छ । हालै बसेको बैठकले हाललाई कोरोना विरुद्धको अभियानमा केन्दित रहने निर्णय गरेको छ ।
कोरोना विरुद्धमा जनचेतना फैलाउने किसिमका विभिन्न रोगको बारेमा कसरी सर्छ के गर्ने समाधानीका उपाय कोराइनटाइनमा बस्ने तरिका लगायतका फरक फरक चार किसिमका पर्चा बनाएर विभिन्न संचार माध्यमबाट पोस्ट गर्नका साथै बितरण समेत गरेको छ । यो कार्य चैत २१ गते सम्म जारी र आबस्यक भए त्यो पछिसम्म जारी रहने भएको छ। त्यसैगरि संघका अध्यक्ष राजेन्द्र कुमार कार्की सचिबालय सदस्य राज कुमार हुमागाइ लागयतको टोलिले पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर कोरोना भाइरस नेपालमा आउन नदिन सबै स्रोत र साधन प्रयोग गरि लागि पर्न ध्यानाकर्षण गराइएको थियो ।
संघका अध्यक्ष कार्कीले कोरोनाको समाधानी र आगामी तयारी सम्बन्धमा प्रदेश नम्बर ३ का सन्बन्धित मन्त्रीहरुसंग कुराकानि गर्नु भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया