टोकियो । संसारभर फैलिएको नोभेल कोरोना भाइरसको महामारीबाट जोगिन सावधानी अपनाउन प्रवासी नेपाली एकता मञ्च जापानले अपिल गरेको छ ।
सोमवार एक विज्ञप्तिमार्फत बिश्वब्यापीरूपमा जनजीवन कष्टकर बन्दै गईरहको र यसवाट सावधानी हुन सबैलाई आह्रान गरेको हो ।
एकता मञ्च जापानको अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीको संयूक्त हस्ताक्षरित विज्ञप्तिमार्फत सावधानीको लागि जापानवासी नेपाली र सबैलाई अपिल गरेको छ । यस भाइरसबाट ज्यान गुमाउनेहरूको संख्या दशौ हजार नाघिसकेको छ भने ३ लाखभन्दा बढि संख्यामा संक्रमित हुँदै महामारीले जनजीवनमा पर्न गएको असर अत्यन्त दुःखद र भयावह नै छ । तथापी हाम्रो देश नेपालमा केही बर्ष अघि भूकम्पले दिएको पीडाले थलिएको अवस्थामा यस भाइरसको असर अहिलेसम्म नेपाल र नेपालीमा नदेखिनुले केही राहत महशुस गरेका छौं । तर पनि कोरोना भाइरस अत्यन्त डरलाग्दो, अत्यन्त खतरनाक भएको हुनाले यसको सामना गर्न हामीहरू सबैजना घर–घर र टोलटोलबाट उच्च सतर्कता अपनाउन जरूरी छ । हामी हरेक नागरिकहरू यस भाइसरबाट जोगिन र बच्नका लागि अनावश्यक भेटघाट नगर्ने, भिडभाडमा नजाने, कुनै पनि भिडभाड हुने कार्यक्रमको आयोजना नगर्ने तथा समाचारहरू सामाजिक सञ्जालमा पोष्ट गरेर उत्तेजना नफैलाउने, घर बाहिर निस्कदा माक्सको प्रयोग गर्ने, हात पटक–पटक साबुन पानीले राम्रोसंग धुने, रूघाखोकी, एक्कासी उच्च तापक्रम बढ्ने, घाँटी दुख्ने, वान्ता हुने भएमा कोरोना भाइरस संक्रमणको लक्षण हुन सक्छ, तर पनि यस्तो लक्षण देखिदैमा सबै जनालाई कोरोना भाइरस संक्रमण नहुन पनि सक्छ । त्यसकारण लक्षण देखियो भने नजिकको अस्पतालमा फोन गरेर अस्पतालकै सल्लाहअनुसार उपचारमा सहभागी हुनुपर्दछ । यो विषम परिस्थितिलाई मनन् गर्दै जापानमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जापान सरकारले जारी गरेको सतर्कता सर्कुलरको पालना गरी सभ्य नेपालीको पहिचान स्थापित गर्न र गराउन समेत अनुरोध गरेको छ ।
जापानबासी नेपालीहरूलाई यस विपदको घड़ीमा काम, व्यवसायका साथै परिवारको अत्यन्त ख्याल राख्नुपर्ने दायित्व थपिएको छ । त्यसकारण बिचलित नभई अत्यन्त संयमित हुन पनि आग्रह गरेको छ ।
प्रवासी नेपाली एकता मञ्च जापानले समर्थन र ऐक्यबद्धता जाहेर गर्दै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै प्रवासी नेपालीहरूलाई अहिले आवतजावतमा ज’न प्रतिबन्ध लगाईएको छ, त्यस सन्दर्भमा परिवारमा जटिल बिरामी वा मृत्यु जस्ता विशेष परिस्थितिजन्य घटनामा सहभागी हुन सक्ने ब्यवस्थाका लागि पुनर्विचार गरियोस् भन्ने अनुरोध समेत गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया