काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै केही दिनअघि नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया नेपाली युवतीमा कोरोना संक्रमण पोजेटिभ दखिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार फ्रान्सबाट कतार हुँदे नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार फ्रान्सबाट आएदेखि नै युवती होम क्वारेन्टाइनमा थिइन् । हिजो नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उपचारको सम्पूर्ण व्यवस्था मन्त्रालयले गर्ने उनले बताए ।
मन्त्री ढकालले ती युवतीको परिवार र होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्ने र आइसोलेनमा राख्ने तयारी भइरहेको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया