कोरोना भाइरस विरुद्ध लड्न प्रदेश नं. ५ ले बनायो १० करोडको कोष

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ )को विरुद्ध लड्न प्रदेश न ५ ले कोष खडा गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले १० करोड रुपैयाँको कोष खडा गरेको जानकारी दिनुभएको छ ।

सो कोषमा सहयोग जम्मा गर्न मुख्यमन्त्री पोखरेलले सबैमा आग्रह पनि गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशका ४ ठाउँमा कोरोनाको उपचारका लागि आइसोलेटिड अस्पताल बनाउन दुई-दुई करोड उपलब्ध गराएको समेत बताएका छन् । प्रदेश सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथाम कोष खडा गर्ने निर्णय गरेको र उक्त कोषमा प्रदेश सरकारका तर्फवाट रु १० करोड जम्मा गरिएको र उक्त कोषमा प्रदेश ५ मन्त्रीपरिषदका सदस्यहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । उक्त कोषमा स्थानिय सरकार, प्रदेश सभाका सदस्य,प्रदेश सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु तथा प्रदेशमा कार्यरत विभिन्न संघसंस्था र विभिन्न व्यक्तिहरुवाट प्राप्त सहयोग जम्मा हुनेछ र उक्त रकम कोभिड-१९ को नियन्त्रण,उपचार र राहतमा मात्र खर्च हुने जनाको छ ।

प्रदेश सरकारका मन्त्री त्यसको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । जसमा दाङ वेलझुण्डीका लागि कुलप्रसाद केसी धम्वोजीका लागि  वैजनाथ चौधरी वुटवलका लागि लिला गिरी र भैरहवा भिम अस्पतालका लागि सामाजिक विकासमन्त्री सुदर्शन वराल तोकिनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया